

केशवप्रसाद चौलागाईं
पुत्रदा एकादशीबाट प्रारम्भ भएको गौरा पर्व आज अठ्यावालीमा समापन हुदैछ ।सुदुरपश्चीम समाज ,ललितपुर ,महालक्ष्मी नगरपालिका द्वारा वडा न ३ बोझेपोखरीमा भव्य सामुहिक उत्सवसहित समापन भएको छ।
पञ्चमीमा केराउ,गुरास,गहत,मास र गहु मिसाएर तयार गरिएको बिरुडा लाई भिजाउने काम गरिन्छ।षष्ठीका दिन भिजाएको बिरुडालाइ पानी भएको पधेरोमा धुनेकाम हुन्छ । धानको बोट जरा सहितको ,स जरा सहितको ,तिलको बोट जरा सहितको ,बल जरा सहितको ,तितेपाती जरो सहितको मिलाएर तयार गरिएको गौराको प्रतिकको पुजा गरिन्छ धोएको बिरुडाद्वारा।सामान्य शृङ्गार गौराको गरिन्छ।
सप्तमीका दिन निराहार रहेका ब्रतालुहरुले सञ्जा पुजा गरेर सप्तम्या तथा दुबधागो धारण गर्दछन।सप्तऋषिको प्रतिकका रुपमा तयार गरिएको सप्तम्या र सौभाग्य को प्रतिकका रुपमा दुबधागोको पूजन र धारण सुदुरपश्चीमको संस्कृतिको विशिष्ट पहिचान पनि हो।बिबाहित महिलाहरु द्वारा धारण गरिने सप्तम्या र दुवधागो पुरुषहरुले धारण गर्ने जनै जस्तै महत्त्वको संस्कार मानिन्छ ।
अष्टमीका दिन मनाउने गौरा पुजनलाइ अठ्यावाली वा लोली गौरा भन्ने गरिन्छ।
सप्तमीमा बनाएको गौराको प्रतिमामा बिहान धान र सौ द्वारा अभिषेक गरि गौरामा मिसाइन्छ।गौराको सोर्हसृङ्गार गरिन्छ।बिहान पुजन पश्चात् अठ्यावाली फाग गाइन्छ।शिव र पार्वतीको जीवन बृतान्त देखि लीलाहरुको गाथा गाइन्छ।आजैका दिन गणेश को जन्म हुन्छ जसलाई बालो भनिन्छ ।नरिवल वा अमिलोको दानामा सेतो,पहेंलो वस्त्रले बेरेर गणेशको प्रतीक बनाइन्छ । फलफट्काउने कर्म अन्तिम चरणको रुपमा रहेको पाइन्छ ।पाँच दिशामा पुजेका बिरुडालाइ तन्नामा राखेर दुई तिर दुई जनाले सम्पुर्ण पुजा सामग्री पाँच पटक फलका रुपमा आकाशमा उफारिन्छ।व्रतालुले आकाशमै उफारेका समयमा थाप्छन र प्रसादका रुपमा ग्रहण गरी व्रत समाप्त गर्दछन।तत्पश्चात घरका जेष्ठ सदस्य हरुदेखि मुण्डो पुजन गर्दै पर्वको समाप्ति गर्दछन।
महिलाहरूले कठिन व्रत सहित सम्पन्न गरिने गौरा पर्व पार्वती माताको साधनाका साथै प्रकृतिको सम्मान पुजनको रुपमा बुझ्न सकिन्छ ।पाँच अन्न,पाँच बोटबिरुवा,पाँच पटक धुनु,पाँच पटक पुजन गर्नुले पञ्चतत्व संगको सम्बन्ध बुझ्न सहज बन्दछ। बढ्दो पृथ्वीको तापक्रम लाई न्युनिकरण गर्न समेत जागरण ल्याउने पर्वले अन्न,बोटबिरुवाको संरक्षण तथा पञ्चतत्वको महत्त्वलाई बोधार्थ गराउन मद्दत गरेको देखिन्छ ।ब्रह्माण्डमा रहेको डार्क इनर्जी लाई व्रतका माध्यम ले प्रकृतिको शक्ति माता पार्वती संगको एकाकारले न्युनीकरण गर्नमा समेत योगदान पुग्नेछ ।एवं प्रकार गौरा पर्व प्रकृति र पार्वती को स्मरणका साथै सभ्यता सम्वाद र अभौतिक सम्पदाको अनुपम पर्व बनेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |