

काठमाडौँ : रसुवामा आएको भीषण बाढीका कारण अपर त्रिशूली ३एु जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना प्राविधिकलाई सकुशल बाहिर निकालिएको छ। उद्धार टोलीले अथक प्रयासपछि आयोजनामा कार्यरत फोरम्यान र सुपरभाइजरको जीवितै उद्धार गरेको हो।
उद्धार गरिएकाहरूमा सप्तरीको कोइलाडी ८ घर भई मेकानिकल फोरम्यानका रूपमा कार्यरत ३० वर्षीय सञ्जय साह र काठमाडौँको बालकुमारी ३ निवासी अटोमेसन प्रोजेक्टका ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जन रहेका छन्।
सुरुङभित्र लामो समयसम्म अडिएर बसेका दुवै जनाको उद्धारपश्चात् प्राथमिक स्वास्थ्य उपचार गरिएको छ। थप उपचार तथा विस्तृत स्वास्थ्य परीक्षणका लागि उनीहरूलाई काठमाडौँ ल्याइएको छ । सुरुङभित्र अरू मानिसहरू पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाकर्मी र प्राविधिक टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |