• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

६ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  बिचार
  • ६२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शासन प्रणालीका विकृति, विसङ्गति र चुनौतीहरू

  • २०८२ श्रावण २१, बुधबार (१0 महिना अघि)

  • डा. महेन्द्रजंग शाह

    नेपालको शासन प्रणालीको मूल आधार गणतन्त्रात्मक संघीय लोकतान्त्रिक व्यवस्था हो। यसको मूल आधार प्रत्यक्ष निर्वाचित संसद्, कार्यपालिका, न्यायपालिका, संवैधानिक आयोगहरू र प्रदेश तथा स्थानीय सरकारहरू हुन्। सैद्धान्तिक रूपमा शक्तिको सीमांकन, सन्तुलन र परस्पर निगरानी लोकतान्त्रिक शासन प्रणालीको मूल मन्त्र हो। विधिको शासन, जवाफदेहिता, पारदर्शिता, सहभागिता, समावेशिता, समानता र मानव अधिकारको प्रत्याभूति लोकतान्त्रिक शासन प्रणालीका विशेषताहरू हुन्। नेपालको संविधान २०७२ ले त्यस्ता सैद्धान्तिक पक्षहरूलाई संस्थागत गरे पनि व्यवहारमा भने ती पक्षहरू गम्भीर रूपमा कमजोर भएका छन्। यस लेखमा त्यही व्यवहारगत पक्षहरूको आलोचनात्मक विश्लेषण गरिएको छ।

    राजनीतिक शासन प्रणालीको मूल उद्देश्य जनताको सेवा, प्रतिनिधित्व, सामाजिक–आर्थिक रूपान्तरण, समानता र समावेशिताको प्रत्याभूति गर्नु हो। ती उद्देश्यहरू प्राप्त गर्न कानुनी शासन, सुशासन र उत्तरदायित्वपूर्ण सार्वजनिक सेवा अपरिहार्य हुन्छन्। तर नेपालमा ती पक्षहरू गम्भीर रूपमा कमजोर छन्। राजनीतिक शासन प्रणाली जनताको सेवा होइन, व्यक्तिगत र समूहगत स्वार्थ पूर्ति तथा सत्ताको दुरुपयोगको माध्यम बनेको छ।

    शासन प्रणालीको आधार मानिने निर्वाचन प्रणालीसमेत प्रश्नवाचक बनेको छ। निर्वाचनमा धनबल, बाहुबल र संगठित आपराधिक शक्तिको प्रभाव बढ्दो छ। लोकतान्त्रिक प्रतिस्पर्धाभन्दा षड्यन्त्र, अफवाह र जालझेल निर्णायक हुने अवस्था देखिन्छ। दलहरू सिद्धान्त, विचार र नीतिप्रति होइन, अवसरवाद, नातावाद र जातिवादप्रति प्रतिबद्ध देखिन्छन्।

    जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरू जनउत्तरदायी भन्दा सत्ताप्रतिको चाकरीमा बढी अभ्यस्त छन्। सांसदहरू जनताभन्दा सरकारको बचाउ गर्नमा बढी सक्रिय छन्। सांसदहरू बजेटको भागबन्डा, सत्ताको लेनदेन र सरकार बनाउने र गिराउने खेलमा केन्द्रित छन्।

    नैतिकता, विवेक, उत्तरदायित्व र जवाफदेहिताको खडेरीले शासन प्रणालीको चरित्र नै सङ्कटग्रस्त बनेको छ। संसद् नीति निर्माण र जननियन्त्रणको केन्द्र बन्नुको सट्टा नारा र निषेधको अखडा बनेको छ। कार्यपालिका जनताप्रति होइन, दलप्रति उत्तरदायी छ। संसद्मा सरकारको प्रतिरक्षा गर्ने काममा सांसदहरू अनुशासित तर जनताका सवालमा निरुत्साही देखिन्छन्।

    न्यायपालिकामा प्रश्न उठ्नुको अर्थ नै शासन प्रणालीप्रतिको विश्वासको संकट हो। निष्पक्षता, मर्यादा, आचरण र विश्वसनीयता नै न्यायपालिकाको प्राण हो। तर नेपालको सन्दर्भमा न्यायपालिकामाथि देखिएका आशंका र उठेका प्रश्नहरूले शासन प्रणाली नै अपाङ्ग भएको देखिन्छ।

    सङ्घीयताको सन्दर्भमा पनि शासन प्रणाली खस्किएको देखिन्छ। केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय र साझेदारीभन्दा प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र कामको दोहोरोपन देखिन्छ। सङ्घीयता सेवा प्रवाह, समानुपातिक विकास र स्थानीय सहभागिताका लागि हो। तर व्यवहारमा जनतामाझ सरकार तीनतहमै अपारदर्शी, अनुत्तरदायी र अकर्मण्य बनेका छन्। जनप्रतिनिधिहरू सेवाभन्दा सत्तामा रमाइरहेका छन्।

    राज्यशक्ति वर्गविशेषको स्वार्थपूर्तिमा सीमित भएको छ। राज्यसत्तामा पहुँच हुनेहरूका लागि राज्य सुविधाको भोगबिलास भइरहेछ भने बाँकी जनता निराश र उपेक्षित छन्। सत्तामा पुगेकाहरूको ध्यान दायित्वभन्दा अधिकार, जवाफदेहिताभन्दा सुविधा र जनप्रतिनिधिभन्दा शासक बन्नमा केन्द्रित छ। राज्य संयन्त्र सार्वजनिक सेवा दिनभन्दा भागबन्डा र भागबन्डाका मान्छे पाल्नमा बढी क्रियाशील छ।

    शासन प्रणालीको अर्को विकृति भनेको भिडतन्त्रको उदय हो। एकथरी राजनेता, कार्यकर्ता वा समर्थकको भिडमा मात्र नेता छन्, अर्कोथरी भिडलाई अनुशासनमा राख्न खटिएका अर्धसैनिक सुरक्षाकर्मीहरूको भिड। न त नेतामा अनुशासन छ, न त कार्यकर्तामा अनुशासन देखिन्छ। त्यो भिडलाई जेठा कार्यकर्ता, स्थानीय नेता, महानगर प्रमुख वा मुख्यमन्त्रीसमेतको हैसियत राख्नेहरू नियन्त्रण गर्न सक्दैनन्। त्यस्तो भिड कुनै पनि बेला आक्रामक हुन सक्छ।

    लोकतन्त्रमा भिड होइन, जनसाधारण, नागरिक वा जनताको स्थान हुन्छ। भिड उन्मादी, आवेगी र आक्रोशित हुन्छ। त्यसैले भिडमा विवेक, अनुशासन र न्यायको प्रत्याभूति हुँदैन। भिडको शासन मनपरी र शक्तिको प्रदर्शन हुन्छ। भिडतन्त्रमा न त विधिको शासन हुन्छ, न त जवाफदेहिता। न पारदर्शिता हुन्छ, न आचरणमा संयम। भिडतन्त्रको सत्ताले कानुनभन्दा इच्छालाई प्रधानता दिन्छ।

    नेपालको शासन प्रणाली सैद्धान्तिक रूपमा लोकतान्त्रिक, कानुनी, उत्तरदायी र जवाफदेही भए पनि व्यवहारमा भने अनुत्तरदायी, निरंकुश, अनैतिक, अपारदर्शी र अकर्मण्य देखिन्छ। राजनीतिक र प्रशासनिक नेतृत्वको संस्कार, आचरण र सोच परिवर्तन नगरेसम्म शासन प्रणालीको सुधार सम्भव छैन। नेतृत्वको नैतिकता, विवेकशीलता, दूरदृष्टि र राष्ट्रप्रतिको निष्ठा शासन प्रणाली सुधारको पहिलो सर्त हो।

    डा.शाह नेपाल एकता पार्टीका अध्यक्ष समेत हुन् ।

    • #विसङ्गति र चुनौतीहरू
    • #शासन प्रणालीका विकृति
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution