काठमाडौं : नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशका १४ प्रदेशसभा सदस्य शनिबार दिउँसो काठमाडौंमा बैठक बस्दैछन्।
पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा पक्षधर यी सांसद बागमती पार्टी सभापति तथा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको ‘मोनोपोली’ विरुद्ध एकजुट भएका हुन्।
नागपञ्चमीको दिन बानियाँले लामालाई अल्पमतमा पारेपछि असन्तुष्ट बनेका उनीहरुले, लामाले मन्त्री नियुक्त गरेका गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई सरकारमा सहभागी गराउनुपर्ने माग गरेका छन्। यसअघि बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा सहमति भए पनि बानियाँले लत्याएको आरोप छ।
माग पूरा नभए सोमबार विश्वासको मतको दिन असहयोग गर्ने चेतावनी असन्तुष्ट पक्षको छ। १४ मध्ये रामकृष्ण चित्रकार मात्र अमेरिकामा छन् भने बाँकी नियमित सम्पर्कमा छन्। राजीनामा बुझाउने तयारीसमेत भइरहेको बताइएको छ ।