काठमाडौं : प्याराडाइज इन्टरनेसनल प्रालिले एक अनलाइन पत्रिकामा आफ्नो कम्पनीका अध्यक्षलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले प्रकाशित समाचार आधारहीन र बदनियतपूर्णु रहेको ठहर गर्दै त्यसको खण्डन गरेको हो ।
२०८२ साउन २४ गते प्रकाशित मलेसियाली सिन्डिकेटका नाइके खडका, मुरुद राईसँगै फेरि सक्रियु शीर्षकको समाचारमा सिन्डिकेट र एकाधिकारमा संलग्न रहेको भन्दै कम्पनीका अध्यक्ष नवराज केसीलाई उल्लेख गरिएको थियो ।
कम्पनीले विज्ञप्ति जारी गर्दै आफू वैदेशिक रोजगार व्यवसायमा पारदर्शी र कानुनी प्रक्रियामा रही काम गरिरहेको स्पष्ट पारेको छ । कम्पनीका अध्यक्ष केसीले आफू कहिल्यै कुनै पनि सिन्डिकेट वा एकाधिकारमा संलग्न नरहेको दाबी गरेका छन् । कम्पनीले वैदेशिक रोजगार व्यवसायमा सिन्डिकेटको विरुद्धमा सञ्चालित आन्दोलनलाई पूर्ण समर्थन जनाएको र सिन्डिकेटविरुद्ध प्रतिबद्धता पत्र समेत बुझाइसकेको जानकारी दिएको छ ।
प्याराडाइज इन्टरनेसनलले आफ्नो अध्यक्षलाई जोडेर प्रकाशित भएको गलत र भ्रामक समाचारको भत्र्सना गर्दै त्यस्ता समाचारबाट भ्रममा नपर्न सबैलाई अपिल पनि गरेको छ । कम्पनीले सम्बन्धित निकायलाई उक्त गलत र भ्रामक समाचार सच्याउनसमेत आग्रह गरेको छ ।