काठमाडौं : गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सबै पक्षलाई जिम्मेवार र संयमित बन्न आग्रह गरेको छ।
आमनिर्वाचनको प्रारम्भिक प्रक्रिया सुरु भइसकेको अवस्थामा सभा, सम्मेलन, बैठक वा विरोध कार्यक्रमहरू गर्दा शान्तिपूर्ण, अहिंसात्मक र उक्साहटविहीन ढंग अपनाउन मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मन्त्रालयले शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा राज्यलाई सहयोग गर्न राजनीतिक दल, नागरिक समाज, तथा आम नागरिकहरूलाई समेत अनुरोध गरेको छ।
निर्वाचन नजिकिँदै गर्दा कानून, मर्यादा र सहिष्णुताको वातावरण बनाइराख्न गृह मन्त्रालयले जोड दिएको हो।