

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन बदर तथा प्रतिनिधिसभा पुनःस्थापनाका मागसमेत राखी दायर रिटमा प्रारम्भिक सुनुवाइ हुने भएको हो।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। त्यसपछिको प्रतिनिधिसभा विघटनलाई गैरसंवैधानिक ठहर गर्दै विभिन्न समूह र कानुन व्यवसायीहरूले अदालतमा रिट दायर गरेका हुन्।
