


नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँगको भेटपछि नेपालसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटवार्तापछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै मोदीले लामिछानेसँगको भेटलाई सुखद् बताउँदै साझा समृद्धि र भविष्यका लागि मिलेर काम गर्ने उनको इच्छाको स्वागत गरेका हुन् । उनले भारतको ‘नेबरहुड फर्स्ट’ ९छिमेकी पहिलो० नीतिअन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदार राष्ट्रका रूपमा लिइएको उल्लेख गरेका छन् ।
मोदीले नेपालमा गठन हुने नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने अपेक्षा र प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार भारत–नेपाल सम्बन्धलाई आर्थिक, राजनीतिक र जनस्तरको साझेदारीमार्फत थप मजबुत बनाउने दिशामा काम अघि बढाइनेछ ।
लामिछानेसँगको भेटबारे टिप्पणी गर्दै मोदीले साझा र समृद्ध भविष्य निर्माणका लागि नजिकबाट सहकार्य गर्ने प्रस्तावप्रति आफू सकारात्मक रहेको बताएका छन् । भेटवार्तालाई दुई देशबीचको सम्बन्ध र पारस्परिक हितका विषयमा केन्द्रित संवादका रूपमा हेरिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |