


सिरहा : गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको शव नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार साँझ उनको घर पुर्याइएको छ। शव औरही गाउँपालिका-२ तुलसियाहीस्थित निवासमा पुर्याइएपछि आजै अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारले जनाएको छ।
गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो। घटनापछि शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ मृतकको घर पुगेर परिवारसँग सातबुँदे सहमति गरेका थिए। सहमतिपछि शव व्यवस्थापन तथा अन्त्येष्टिको प्रक्रिया अघि बढाइएको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |