


काठमाडौँ : आगामी आर्थिक वर्ष २०८३ ८४ को बजेटमाथि प्रतिनिधिसभामा आजदेखि औपचारिक छलफल सुरु हुँदैछ।
बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। छलफलपछि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ पनि उनले दिनेछन्। बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रस्तुत गरिने कार्यक्रम छ।
साथै पर्यटन विधेयकलाई समितिमा पठाउने प्रस्ताव र अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी दुई महासन्धि सदनमा पेश हुनेछन्। राष्ट्रिय सभाअन्तर्गत दुई संसदीय समितिको बैठक पनि आज बस्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |