


काठमाडौँ : संघीय संसद्अन्तर्गत तीन संसदीय समितिले बुधबार समसामयिक सार्वजनिक सरोकारका विषयमा छुट्टाछुट्टै बैठक बस्दै छन्। धितोपत्र बजारको नियमन, खाना पकाउने ग्यासको आपूर्ति समस्या तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
अर्थ समितिको बैठक बिहान ८:३० बजे बस्नेछ। बैठकमा नेपाल धितोपत्र बोर्डसँग आर्थिक वर्ष २०८२/८३ मा भएका प्रमुख कामकारबाही, धितोपत्र बजारको नियमन तथा विकासका लागि गरिएका प्रयास, त्यसबाट प्राप्त उपलब्धि र लगानीकर्ताको हित संरक्षणका लागि अपनाइएका उपायबारे जानकारी लिइनेछ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजे बस्नेछ। बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या, त्यसको कारण र उपभोक्तामा परेको प्रभावबारे सम्बन्धित निकायसँग छलफल गरिनेछ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८:३० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथि दफावार छलफल अघि बढाइने कार्यसूची रहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |