


काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारमाथि आलोचनात्मक प्रश्न उठाउने वातावरणलाई संकुचित गर्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन्। प्रश्न गर्ने अधिकार र त्यसका लागि आवश्यक हिम्मत कसैले खोस्न नसक्ने उनको भनाइ छ।
सोमबार पार्टीको एक कार्यक्रममा बोल्दै थापाले आफ्नो पुरानो घर रहेको रातोपुल क्षेत्रमा समेत शंकास्पद रूपमा गाडी राखिएको जानकारी आएको उल्लेख गरे। सरकार नै प्रश्न गर्नेहरूको आवाज दबाउन सक्रिय भएको आरोप लगाउँदै उनले यसलाई लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक अवस्था भएको बताए।
थापाले घटनाप्रति निष्पक्ष छानबिन गरी लोकतान्त्रिक अधिकारको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |