


काठमाडौँ : जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको छ। ब्यूरोको टोलीले श्रेष्ठलाई बुधबार उनकै निवास नजिकै ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार श्रेष्ठविरुद्ध विद्युतीय कारोबार ऐन (साइबर अपराध) सम्बन्धी कसुरमा जाहेरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। श्रेष्ठलाई बागडोलबाट प्रहरी टोलीले नियन्त्रणमा लिएर गएको बताइएको छ । श्रेष्ठविरुद्ध परेको जाहेरीका विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि ढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |