


काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक बनेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्।
मंगलवार संसद्मा बोल्दै राईले नागरिकसँगै जनप्रतिनिधिसमेत असुरक्षित बनेको र प्रधानमन्त्री साढे दुई महिनादेखि संसद्बाट पन्छिरहेको आरोप लगाए। धार्मिक(साम्प्रदायिक तोडफोड र आगजनीका दोषीलाई कारबाही नहुनुले दण्डहीनता बढेको उनको भनाइ थियो।
ूमन्त्रीहरू एसी कोठामै सीमित छन्, सडकमा ग्यासको लाइनमा बस्ने र माइतीघरमा आन्दोलन गर्नेको पीडा बुझेका छैनन्,ू उनले भने। वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न र वास्तविक सुकुम्बासीलाई तत्काल धनीपुर्जा दिन उनले माग गरे।
चीनमा घाइते भएका खेलाडी आशिष राईले उपचार नपाएको प्रसङ्ग उठाउँदै उनले खेलकुद क्षेत्रको उपेक्षाप्रति आक्रोश पोखे। राईले सरकारलाई भाषण र आश्वासन छाडेर तत्काल ठोस कदम चाल्न आग्रह गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |