

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध इकोनोमिक डि डे को घोषणा गर्दै अहिलेसम्मकै ठूलो आर्थिक प्रतिबन्ध र नाकाबन्दीको चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानसँग कुनै पनि प्रकारको आर्थिक वा व्यावसायिक सम्बन्ध राख्ने देश, कम्पनी र वित्तीय संस्थाले अमेरिकाबाट गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बताएका हुन्।
इरानमाथि अभूतपूर्व स्तरको आर्थिक युद्धु सुरु गरिएको दाबी गर्दै उनले तेल तस्करी, वित्तीय कारोबार, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस र नक्कली कम्पनीहरूमार्फत हुने व्यापार तत्काल बन्द गर्न निर्देशन दिएका छन्। इरानलाई सम्झौताको पटक(पटक अवसर दिँदा पनि अस्वीकार गरेकाले अब उसलाई अन्तर्राष्ट्रिय आर्थिक प्रणालीबाट पूर्ण रूपमा एक्ल्याइने ट्रम्पको भनाइ छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |