

काठमाडौँ : साङ्गठनिक संरचनालाई थप फराकिलो बनाउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा ९ जना नयाँ अनुहारलाई प्रवेश गराएको छ ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले प्रस्ताव गरिएका नयाँ सदस्यहरूको नाम अनुमोदन गर्दै केन्द्रीय समितिको आकार बढाएको हो । पार्टीको सांगठनिक गतिविधि र आधारलाई मजबुत बनाउने रणनीतिका साथ रास्वपाले यो मनोनयन गरेको जनाएको छ ।
बैठकको निर्णयअनुसार मनोनीत हुने नयाँ केन्द्रीय सदस्यहरूमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ र प्रतिभा रावल रहेका छन् । त्यसैगरी, पुरुषोत्तम सुप्रभात यादव, मनोहर प्रधान, भक्तबहादुर राई, वशुमाया तामाङ र सुरेन्द्र चौधरीलाई पनि केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
यस मनोनयनसँगै रास्वपाको केन्द्रीय समिति थप विस्तार भएको छ । नयाँ सदस्यहरूको प्रवेशले पार्टीको सांगठनिक कामकारबाही र आगामी रणनीति तय गर्न थप सहयोग पुग्ने रास्वपाले जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |