

काठमाडौँ : विश्वकर्मा समुदायका युवायुवतीको प्रतिभा उजागर र क्षमता अभिवृद्धिलाई लक्षित गर्दै ‘मिस्टर एण्ड मिस विश्वकर्मा’को पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
तिलगङ्गास्थित होटल पालाज्ञामा आयोजित पत्रकार सम्मेलनमा आयोजक वी ब्रोज इन्टरटेन्मेन्टका अध्यक्ष सञ्जय विश्वकर्माले अडिसनका सम्पूर्ण काम सकिएकाले अब सहभागीको ग्रुमिङ र अन्तिम छनोट प्रक्रिया सुरु हुने जानकारी दिए । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोज ९ गते जमलस्थित राष्ट्रिय नाँचघरमा हुनेछ ।
नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जुन विश्वकर्माले यस्ता कार्यक्रमले समुदायको पहिचान स्थापित गर्नुका साथै प्रतिभा प्रस्फुटनमा कोशेढुङ्गाको काम गर्ने बताए । त्यस्तै, अघिल्लो सिजनकी विजेता रविना बराइलीले यो मञ्च सौन्दर्यमा मात्र सीमित नरही व्यक्तित्व र क्षमता विकासका लागि महत्त्वपूर्ण माध्यम बनेको अनुभव सुनाइन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |