

गोरखा : नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा (NT Fibernet) अन्तर्गत उपलब्ध हुँदै आएको SmartTube (स्मार्टट्युब) सेवा एक सातादेखि पूर्ण रूपमा बन्द भएको छ।
सरकारी स्वामित्वको जिम्मेवार निकायबाट बिना सूचना सेवा ठप्प पारिएपछि ग्राहकहरू मारमा परेका छन्।गोरखाका स्थानीय उपभोक्ता किशोर रेग्मीका अनुसार, नेपाल टेलिकमले नागरिकबाट सेवा बापतको रकम एक पैसा पनि नछोडी अग्रिम रूपमा असुल गर्ने गरेको छ। तर, हप्तौंसम्म सेवा रोकिँदा पनि उपभोक्तालाई कुनै जानकारी दिइएको छैन। “रकम पूरा लिने तर सेवा नदिने टेलिकमको यो कस्तो व्यवहार हो? राज्यले नागरिकलाई बिना सूचना सूसुचित हुने अधिकारबाट किन वञ्चित गरेको?” रेग्मीले पिटिओ खबरसँग आक्रोश पोखे।
उपभोक्ताका मुख्य तीन प्रश्न र मागहरू:क्षतिपूर्तिको सुनिश्चितता: ग्राहकले अग्रिम भुक्तानी गरेको रकम बराबरको सेवा नपाउँदा भएको आर्थिक घाटाको क्षतिपूर्ति कसले बेहोर्ने?सूचनाको हकको हनन: प्राविधिक वा नीतिगत जुनसुकै समस्या भए पनि ग्राहकलाई पूर्वसूचना नदिई सेवा बन्द गर्नु नागरिकको अधिकार माथिको ठाडो हस्तक्षेप हो।नियामकको मौनता: सरकारी कम्पनीको यस्तो लापरबाहीप्रति नेपाल दूरसञ्चार प्राधिकरण जस्ता नियामक निकाय किन मौन बसेका छन्?यस विषयमा आधिकारिक र थप स्पष्ट जानकारीका लागि नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रको नम्बर १९८ (198) मा सम्पर्क गर्न सकिने बताइएको छ। तर, उपभोक्ताहरू भने टेलिकमको जवाफ भन्दा पनि तत्काल सेवा सुचारु र दिगो समाधानको पर्खाइमा छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |