

काठमाडौँ : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।
पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट कानून व्यवसायीमार्फत सर्वोच्चमा छुट्टाछुट्टै रिट दर्ता गराइएको नेता मीन विश्वकर्माले जानकारी दिए । रिटमा आगामी असोजका लागि तय गरिएको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्यतालिका तत्काल स्थगित गर्न माग गरिएको छ ।
पार्टीको अधिकारितासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा प्रदान गरिसकेकाले उक्त मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म महाधिवेशनका गतिविधि अघि बढाउन नपाइने देउवा पक्षको दाबी छ ।
पार्टीले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि इतर पक्षले गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवाकै अगुवाइमा महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |