काठमाडौँ : नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले जारी १५ औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन्। १२ औँ र १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पन्त १४ औँ महाधिवेशनमा भने झिनो मतान्तरले सहमहामन्त्रीमा पराजित भएकी थिइन् ।
आफ्ना श्रीमान् मधु आचार्य चुनावी मैदानमा रहेकाले आफू उम्मेदवारी प्रक्रियाबाट अलग बसेको उनले स्पष्ट पारेकी छन् । विद्यार्थी जीवनदेखि निरन्तर राजनीतिमा क्रियाशील रहँदै गर्दा राजनीतिकर्मीसँगै वैवाहिक जीवन गाँसिनु संयोग भए पनि पार्टीलाई सम्भावित परिवारवादुको आरोपबाट जोगाउन यो निर्णय लिएको उनको भनाइ छ ।
श्रीमान् प्रतिस्पर्धामा रहेका बेला आफू पनि प्रत्याशी बन्नु व्यावहारिक र जायज नदेखिएको उल्लेख गर्दै नेता पन्तले यसपटक स्वेच्छिक रूपमा आफूलाई उम्मेदवारी होडबाट अलग राखेकी छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |