काठमाडौँ : नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत सभापति पदका लागि गगनकुमार थापाले मनोनयन दर्ता गराएका छन्। पार्टीमा युवा नेतृत्व, सांगठनिक रूपान्तरण र नयाँ राजनीतिक कार्यदिशाको एजेन्डासहित थापाले शीर्ष पदमा उम्मेदवारी दिएका हुन्।
थापाको उम्मेदवारीसँगै कांग्रेसको नेतृत्व चयन थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ। पार्टीभित्र व्यापक सुधार र युवापुस्ताको हस्तक्षेपकारी भूमिकाको वकालत गर्दै आएका थापाले पार्टीलाई नयाँ गति दिने दाबीसहित मनोनयन दर्ता गराएका हुन्।
यसअघि सभापति पदका लागि श्यामकृष्ण खड्गीले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |