काठमाडौं : आर्थिक वर्ष २०८१÷८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड रुपैयाँ बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो ।
चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ६८ करोड खर्च भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७.८७ अर्थात् तीन खर्ब २० अर्ब चार करोड बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ २.९४ प्रतिशत बढी खर्च भएको हो ।
पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१/८२ मा वित्तीय व्यवस्थातर्फ ८७.१४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१.८७ प्रतिशत खर्च भएको देखिएको छ ।
आव २०८१÷८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत संकलन भई कुल राजस्व संकलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ ।
आव २०८०/८१ मा कुल राजस्व १० खर्ब ३० अर्ब ३४ करोड संकलन भएकामा आव २०८१/८२ मा र ११ खर्ब ७८ अर्ब ८२ करोड संकलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४।४१ प्रतिशत बढी हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले वृद्धि भएको हो ।
आव २०८१/८२ मा कुल आयात १८ खर्ब चार अर्ब १२ करोड, निर्यात दुई खर्ब ७७ अर्ब तीन करोड बराबर भएको छ । कुल व्यापारघाटा १५ खर्ब २७ अर्ब नौ करोड बराबर भएको छ ।
अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ ।
रासस