काठमाडौं : सङ्घीय संसद्का चार समितिहरुको बैठक आज बस्दै छन् । कार्यतालिका अनुसार अर्थ, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत र विधायन व्यवस्थापन समितिका बैठक तोकिएको समयमा हुनेछन्।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफलको कार्यसूचीमा छ। कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ दफावार छलफल गरिनेछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट-२०२५’ तयारीबारे चर्चा गर्नेछ। विधायन व्यवस्थापन समितिमा भने ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सैद्धान्तिक छलफलका लागि पेश हुने बताइएको छ ।