

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री बालेन शाहले आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको टिप्पणी गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै संयोजक प्रचण्डले सङ्कटका बेला राज्यको उपस्थिति देखिनुपर्नेमा प्रधानमन्त्रीको कार्यशैली भने गैरजिम्मेवार रहेको आरोप लगाए।
सामाजिक सञ्जालमा पोस्ट गरेर चुनाव जिते पनि यस्ता गम्भीर सङ्कट हल हुन नसक्ने भन्दै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे। प्रधानमन्त्रीलाई प्राप्त अवसर गुम्न नदिन चेतावनी दिँदै उनले सबै पक्षलाई साथमा लिएर अघि नबढे समयले कसैलाई नपर्खिने बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |