


काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्बाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। संसद्बाट बिहीबार पारित भई राष्ट्रपतिको कार्यालय पुगेका विधेयक सोही दिन नेपालको संविधानअनुसार प्रमाणीकरण गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रमाणीकरण भएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन्।
संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ती विधेयक ऐनका रूपमा कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |