


काठमाडौँ : सुशिलमान शेरचन नेतृत्वको वी.पी. काँग्रेसले काठमाडौँ जिल्ला कार्यसमिति आज घोषणा गर्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय सामाखुसीमा दिउँसो साढे १ बजे औपचारिक कार्यक्रममार्फत कार्यसमिति सार्वजनिक गरिने पार्टीले जनाएको हो । संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको वीपी काँग्रेसले नयाँ कार्यसमितिबाट संगठनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ जिल्ला समितिको नेतृत्वले आगामी दिनमा वी.पी. काँग्रेसको एजेन्डा जनतामाझ पुर्याउने जिम्मेवारी निर्वाह गर्ने पार्टीका सहमहामन्त्री जेएन घिमिरेले जानकारी दिए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |