


काठमाडौँ : पहिलो पार्टी नेपालका संयोजक गोविन्द बोहरा (ब्रह्माण्ड) ले वर्तमान सरकार सुधारको सही बाटोमा फर्कन थालेको भन्दै सरकारका पछिल्ला नीतिगत कदमहरूको समर्थन गरेका छन् । शिक्षा तथा स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउँदा सर्वसाधारण तथा निम्न वर्गलाई प्रत्यक्ष राहत पुग्ने उनको तर्क छ।
पिटिओ खबरसँग कुराकानी गर्दै संयोजक बोहराले सरकारी ऋणको भार तीव्र रूपमा बढे पनि विगतको जस्तो फजुल खर्च नगरी उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । कर नीतिबारे बोल्दै उहाँले ५० युनिटभन्दा कम बिजुली खपत गर्ने गरिब तथा साना किसानलाई विशेष छुट वा शून्य करको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । करको दायरा विस्तार गर्दा सर्वसाधारणलाई थप भार नपर्ने गरी आयोगमार्फत वैज्ञानिक मूल्याङ्कन हुनुपर्ने उनको भनाइ थियो।
यसैगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक रहेको औंल्याउँदै उहाँले स्पष्ट नियत भए १ महिनाभित्रै जग्गाधनी पुर्जा वितरण गर्न सकिने दाबी गरे । प्रमुख जिल्ला अधिकारी (सिडिओ) को संयोजकत्वमा अधिकारसम्पन्न समिति बनाएर खोला किनारका अव्यवस्थित बस्तीलाई स्थानान्तरण गर्न सकिने ब्रमाण्डको भनाइ छ । व्यावहारिक मुद्दाहरूलाई सम्बोधन गर्न आवश्यक परे कानुन र संविधान संशोधनमा समेत सबै राजनीतिक दलको समर्थन रहने उनको विश्वास छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |