


काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
हाल क्यान्सरको उपचार गराइरहेका श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका नेतामध्ये एक हुन्। स्वास्थ्य समस्याका कारण कार्यक्रममा उनी उपस्थित हुन सकेनन्।
श्रेष्ठ नेपाली कांग्रेसका अनुभवी नेतामध्ये पर्छन्। उनले पूर्वसभापति शेरबहादुर देउवासँग लामो समय सहकार्य गरेका थिए। पार्टीमा उनी कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
थापाले अनुभवी नेताको भूमिका पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा सुदृढ बनाउन उपयोगी हुने विश्वास व्यक्त गरेका छन्। कांग्रेसमा नेतृत्व परिवर्तनपछि संगठन पुनर्गठनको क्रम चलिरहेका बेला श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |