


काठमाडौँ : विश्लेषक डा. सुरेन्द्र केसीले अहिले संविधान संशोधनभन्दा राजनीतिक संस्कार र चरित्र सुधार आवश्यक भएको बताएका छन्। बिहीबार राष्ट्रिय प्रेस क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले शासन प्रणालीभन्दा नेतृत्वको कार्यशैली परिवर्तन भए मात्रै देशले निकास पाउने धारणा राखे।
प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर सामाजिक सञ्जालको दबाबपछि फिर्ता लिनु अर्थनीतिक कमजोरीको उदाहरण भएको उल्लेख गर्दै उनले अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठाए। नयाँ दलाई लामासम्बन्धी गतिविधि नेपालमा हुन नहुने र धार्मिक संवेदनशीलतामा राजनीतिक नेतृत्व सचेत रहनुपर्ने उनको भनाइ थियो।
प्रा। केसीले आत्मदाहजस्ता घटनाले समाधान नदिने भन्दै युवामा भविष्यप्रतिको निराशा बढेको बताए। उनले व्यक्तिवादी राजनीतिका कारण बालेन शाह लोकप्रिय बनेको टिप्पणी गरे। साथै, चुच्चे नक्सा अंकित सिक्का, चीन–भारत सम्बन्ध र दक्षिण एसियाको शक्ति सन्तुलनबारे पनि नेपालले संवेदनशील र सन्तुलित कूटनीति अपनाउनुपर्ने आवश्यकता औँल्याए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |