काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालको रिट निवेदन खारेज गरिदिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार ढकालले दायर गरेको रिटमा सुनुवाइ गर्दै खारेज गर्ने आदेश दिएको हो। लिखित आदेश आउन बाँकी भए पनि रिट खारेजसहित निर्देशनात्मक आदेश जारी भएको सर्वोच्चको भनाइ छ ।
पार्टीहित विपरीत गतिविधि गरेको आरोपमा रास्वपाले २०८१ असार २६ मा संस्थापक महामन्त्री ढकाललाई निस्कासन गरेको थियो। सो निर्णयविरुद्ध उनले पदमा पुनः बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।