

काठमाडौं : संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक शुक्रबार बस्दैछ।
संसद् सचिवालयका अनुसार अपराह्न सवा ५ बजे कानून, न्याय तथा मानवअधिकार समितिको हलमा बस्ने बैठकले सभापति चयन प्रक्रियालाई एजेन्डा बनाएको छ।
सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समिति नेतृत्वविहीन बनेको हो। महिनौँदेखि रिक्त पदलाई भर्न आगामी बैठक निर्णायक हुने अपेक्षा गरिएको छ।
