


काठमाडौं : राजावादी आन्दोलन अघि बढाउने घोषणा गरेपछि पक्राउ परेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा नराखी अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार अदालतको आदेशपछि प्रसाईँ रिहा भएका हुन्। प्रहरीले उनीविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर, सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी तीनवटा मुद्दामा अनुसन्धान गर्न म्याद मागेको थियो।
अदालतले सोमबार ती सबै मुद्दामा प्रसाईँलाई हिरासतमा राख्नुपर्ने आवश्यकता नदेखिएको भन्दै बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो। अब उनीमाथिको अनुसन्धान प्रहरीद्वारा जारी रहनेछ भने आवश्यकताअनुसार कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |