


काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ वृद्धि गरेको हो।
निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर ३१ रुपैयाँ १९ पैसा र डिजेलको ३९ रुपैयाँ ६७ पैसाले बढेर आएको थियो। तर उपभोक्तामाथि एकैपटक ठूलो भार नपरोस् भन्ने उद्देश्यले सीमित मात्र मूल्य समायोजन गरिएको जनाएको छ।
नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल र डिजेलरमट्टितेल दुवैको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९७ रुपैयाँ १५ पैसा कायम भएको छ। निगमले सीमित मूल्य समायोजनका कारण हाल पनि पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |