


काठमाडौं : सुनसरीबाट सुरु भएको चारदिने तराई भ्रमण सकेर गृहमन्त्री सुधन गुरुङ आइतबार काठमाडौं फर्किएका छन्। साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफलपछि उनी सुनसरी पुगेका थिए। त्यहाँ घटनामा ज्यान गुमाएकाका परिवारसँग सहमति जुटाएपछि उनले सिराहा र धनुषामा विभिन्न पक्षसँग संवादलाई निरन्तरता दिएका थिए।
धनुषामा गृहमन्त्रीले हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग दुई दिन वार्ता गरेका थिए। वार्तामा कुनै लिखित सहमति नभए पनि मौखिक समझदारी बनेको र त्यसपछि सम्राट सेनाले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाइएको छ।
गृहमन्त्रीले काठमाडौं फर्किएपछि वार्ताबाट बनेका समझदारीका बुँदालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएका छन्। साथै, भ्रमणका क्रममा भएका सहमति, सुरक्षा अवस्था र आगामी कार्ययोजनाबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई विस्तृत ब्रिफिङ गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |