


काठमाडौँ : आन्दोलनको घोषणा गरेको केही घण्टामै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई गयराति भक्तपुरस्थित निकोसेरास्थित निवासबाट नियन्त्रणमा लिएर हिरासतमा राखेको हो।
भक्तपुर प्रहरी प्रमुख एसपी सूर्य खड्काका अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति तथा सुरक्षा खलबल्याएको आरोपमा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई रातभर हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। त्यसको केही घण्टापछि राति करिब १० बजे प्रहरी टोली उनको निवास पुगेर पक्राउ गरेको थियो।
प्रहरीले सोमबार अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ। सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेर कानुनी प्रक्रियापछि रिहा हुँदै आएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |