काठमाडौं : नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक शनिबार प्रतिनिधिसभाबाट पारित भएको छ।
गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए, जसलाई सभाले बहुमतले अनुमोदन गर्दै पारित गरेको हो। विधेयक पारितसँगै अब नेपाली नागरिकता सम्बन्धी व्यवस्थामा फेरबदल हुने छ।
नागरिकता सम्बन्धी व्यवस्थामा स्पष्टता ल्याउने र कतिपय अलमलमा परेका नागरिकको समस्या समाधान गर्ने उद्देश्यसहित विधेयक अघि सारिएको बताइएको छ। संसदको पारित प्रक्रिया पछि अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाबाट पनि पारित भई राष्ट्रपतिबाट प्रमाणिकरणपछि लागू हुनेछ।