


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले जनताले सिद्धान्तविहीन र स्वार्थकेन्द्रित ‘फोहोरी गठबन्धन’को राजनीतिलाई अस्वीकार गरिसकेको बताएका छन्। सत्ता जोगाउन नाजायज सम्झौता गर्ने प्रवृत्तिप्रति जनतामा असन्तुष्टि बढ्दै गएको उनको भनाइ छ।
निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा सोमबार सम्बोधन गर्दै थापाले सत्ता बाहिर रहँदा पनि राजनीतिक दलले आफ्ना मूल मूल्य र सिद्धान्त त्याग्न नहुने बताए।
थापाले पार्टीलाई केवल चुनाव जित्ने ‘इलेक्सन मेसिन’का रूपमा सीमित गरिनु गलत भएको उल्लेख गर्दै विगतका वर्षहरूमा कांग्रेस अत्यधिक रूपमा चुनावमुखी बनेको स्वीकार गरे।
नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टी रूपान्तरणका लागि आफूहरू स्पष्ट सङ्कल्पसहित अघि बढेको थापाको भनाइ थियो। उनले ‘नयाँ कांग्रेस’को यात्रा भर्खरै सुरु भएको दाबी गर्दै अब सबै तहका उम्मेदवारको टिकट माथिबाट होइन, तल्लो तहबाटै छनोट हुने व्यवस्था लागू गरिने बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |