


काठमाडौँ : आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। पार्टीले उपसभापति डीपी अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गर्ने लक्ष्यसहित पार्टीले केन्द्रीयस्तरको निर्वाचन समिति गठन गरेको जनाएको छ। समितिको सदस्य सचिवको जिम्मेवारी शंकर श्रेष्ठलाई दिइएको छ।
रास्वपाले सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ भने निर्वाचनसम्बन्धी कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन वटा विशेष उपसमिति समेत गठन गरेको छ। पार्टी नेतृत्वका अनुसार निर्वाचन व्यवस्थापन, समन्वय र रणनीतिक तयारीलाई केन्द्रमा राखेर समिति गठन गरिएको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |