


काठमाडौँ : अडियो काण्डमा विवादित बनेका पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छलफलका लागि बोलाएको छ।
आयोगका एक अधिकारीका अनुसार गुप्तालाई भोलिसम्म अख्तियारमा उपस्थित हुन भनिएको हो। यद्यपि, अख्तियारले यसलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बोलाउनु सामान्य प्रक्रिया भएको भन्दै यस विषयमा थप विवरण दिन चाहेनन्। अख्तियारकै एक कर्मचारीका अनुसार भने राजीनामा दिएका गुप्तालाई इन्क्वायरी का लागि बोलाइएको हो।
सार्वजनिक भएको अडियोमा उनको आवाजबारे सोधपुछ हुन सक्ने ती अधिकारीले बताएका छन्। गुप्तामाथि आर्थिक लेनदेनका विषयमा मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि उनी मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। अख्तियारले यस प्रकरणमा अनुसन्धान अगाडि बढाएको जनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |