


काठमाडौं : नेपाली पहिचान झल्काउने पोसाकलाई पुनः सार्वजनिक जीवनमा स्थापित गर्ने उद्देश्यसहित आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै छ । विभिन्न युवा संस्थाको आयोजनामा राजधानीसहित देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नारासहित विसं २०७० देखि हरेक वर्ष जनवरी १ मा यो दिवस मनाउन थालिएको हो । दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीजस्ता परम्परागत पोसाकलाई युवापुस्तामाझ लोकप्रिय बनाउने लक्ष्यसहित स्वस्फूर्त अभियानका रूपमा यसको सुरुआत गरिएको आयोजकहरूले बताएका छन् ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । विगतमा राष्ट्रिय पोसाकको औपचारिक प्रयोग घट्दै गएपछि युवाहरूले पहिचान जोगाउने अभियान थालेको बताइन्छ । १३ वर्षको निरन्तरताले राष्ट्रिय पोसाकप्रति चासो र गर्व बढाएको आयोजकहरूको दाबी छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |