

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मङ्गलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यका साथै सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहेको अवस्थामा बैठक बोलाइएको हो ।
विशेष महाधिवेशनको समसामयिक एजेन्डा र अन्य राजनीतिक विषयमा छलफल तथा आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।
