

काठमाडौं : निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेलगत्तै नेपाली कांग्रेसले पार्टीका आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ।
कांग्रेस सभापति गगन थापाले आज शनिबार बिहान ११ः३० बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक डाकेका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, माघ ६ गते प्रतिनिधि सभामा हुने उम्मेदवारी दर्ता, राष्ट्रिय सभा निर्वाचनको तयारी तथा विशेष महाधिवेशनका क्रममा छुटेका पक्षधरलाई समेट्ने विषयमा छलफल हुने बताइएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई आयोगले शुक्रबार औपचारिक मान्यता दिएको थियो ।
