


काठमाडौं : सुनको मूल्यले नयाँ उचाइ छोएको छ। मंगलबारको तुलनामा बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको हो। आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला पाँच हजार ९२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार ७०० र चाँदी पाँच हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको देखिन्छ।
आइतबार सुन दुई लाख ७८ हजार ८०० रुपैयाँमा झरेको थियो भने सोमबार पुनः बढेर दुई लाख ८२ हजार पुगेको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |