

काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर नयाँ उचाई बनाइरहेको छ ।
पछिल्ला चार दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको सुन र चाँदीको मूल्यले मंगलबार फेरि ऐतिहासिक रेकर्ड बनाएको हो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्दै ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो रेकर्डलाई तोड्दै यस दिन सुनको मूल्यले नयाँ उचाइ बनाएको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य तोलामा १ सय ५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
