

काठमाडौँ : सुरक्षित लगानीका रूपमा हेरिँदै आएको सुनचाँदीको मूल्य नेपाली बजारमा आज फेरि उकालो लागेको छ। एकैदिन ठूलो वृद्धि भएपछि सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च तहमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज नयाँ रेकर्डमा पुगेको छ। महासङ्घका अनुसार आज चाँदी एकैदिन २०५ रुपैयाँले बढेर तोलामा ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको सेतो धातु ९चाँदी० १ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
