

काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको आरोप लगाएका छन्। राष्ट्रिय युवा संघ तथा केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले मतदातालाई घुमन्ते उम्मेदवारलाई अस्वीकार गर्न भनेका छन् ।
उनले घुमन्ते उम्मेदवारलाई विकास र समृद्धि देखाएर फर्काइदिन र भोट नेकपा एमालेलाई हाल्न आग्रह गरे। झापा लगायत देशभरका मतदातालाई रैथाने उम्मेदवारलाई नै मतदान गर्नुपर्ने उनको भनाइ थियो।
‘यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ,’ उनले भने। साथै, पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या गर्ने प्रपञ्च भइरहेको दाबी पनि उनले गरे।
