


रुकुम पूर्व : प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिस्ट आन्दोलनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐतिहासिक चुनबाङ बैठकस्थल पुगेका छन्। मतदाता भेटघाटका क्रममा उनले २०६२ असोजमा बसेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको बैठकस्थल भेरीडाँडाको अवलोकन गरेका हुन्।
चुनबाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै जनयुद्धलाई शान्ति प्रक्रियातर्फ मोडेको थियो। त्यही बैठकबाट १२ बुँदे समझदारी र सात दलसँग सहकार्य गर्ने रणनीतिक निर्णय गरिएको थियो। ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ सदस्यमा सीमित गर्ने निर्णयसमेत त्यहीँ भएको थियो।
भ्रमणका क्रममा प्रचण्डले आफू, पत्नी सीता दाहाल र छोरा प्रकाश दाहाल बसेका स्थानको अवलोकन गरे। परिवारको योगदानबारे प्रश्न उठ्दा उनी भावुक समेत बनेका छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |