• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

३ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  बिचार
  • १३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ग्रामिण स्वराज्यको दैवी आधार : ज्योतिर्लिङ्गेश्वर

  • २०८२ फागुन ४, सोमबार (३ महिना अघि)

  • केशवप्रसाद चौलागाईं

    कश्यप गोत्रीय घिमिरे बन्धुहरूद्वारा निर्मित ज्योतिर्लिङ्गेश्वर शिव मन्दिरको दर्शन पश्चात् ग्रामीण स्वराज्यको उपयुक्त दैवी आधार स्पष्ट भएको छ। पनौती नगरपालिका वडा नं. ३ घ्याम्पो गाउँस्थित ज्योतिर्लिङ्गेश्वर मन्दिर रमणीय जंगल, पारिलो पाखा, खेतका गर्हाहरू, फुलिरहेका तोरीका सुवर्णमय दृश्य, ग्रामीण जनजीवनको परिवेशले शहरी कोलाहलबाट शान्तिको अनुभूति गराउन सफल देखिन्छ। घिमिरे बन्धुहरूले आफ्नो कुलदेवता स्थलका रूपमा पूज्दै आएको उक्त स्थलमा ज्योतिर्लिङ्गेश्वर शिव मन्दिरको निर्माण पश्चात् नयाँ विकासको सम्भावना पनि बढेको देखिन्छ।

    ॐ यो वै रुद्रः स भगवान् यच्च तेजस्तस्मै वै नमो नमः।
    जो रुद्र हुन्, उहाँ नै भगवान् हुनुहुन्छ र उहाँ नै तेज हुनुहुन्छ, उहाँलाई बारम्बार नमस्कार गर्दछौँ भन्ने शिवअथर्वशीर्षको भनाइले ज्योतिर्लिङ्गेश्वर भगवानको महत्त्वलाई बुझ्न सकिन्छ। आशापुरी महादेव स्थानबाट माथि उक्लिएर पुगिने यस स्थान सिद्धेश्वर महादेव तथा रुमाल क्षेत्रपाल विन्ध्यवासिनी कुलदेवता मन्दिरका कारणले पनि दैवी महत्त्वका रूपमा अवस्थित रहेको बुझ्न सकिन्छ। नेपालकै प्राचीन शहर पनौती, प्रसिद्ध आशापुरी महादेव, कुशादेवीको प्रसिद्धिसँगै नयाँ निर्माण भएको ज्योतिर्लिङ्गेश्वर मन्दिरले धार्मिक आस्थाका साथै समाज रूपान्तरणमै विशेष योगदान पुर्‍याउन सक्ने हुँदा पनौती नगरपालिकाको समेत ध्यानाकर्षण गराउन सक्ने देखिन्छ। नयाँ धार्मिक पर्यटनको गन्तव्यसँगै ग्रामीण स्वराज्य अवधारणा अनुरूप नमुना क्षेत्र बन्न सक्नेछ।

    शिवो वेदः, वेदो शिवः मान्यताले शिव र वेदलाई पूरकका रूपमा मान्दै आएकोले ऋग्वेदमा व्यवस्था रहेको “स्वराज्य” सँग ज्योतिर्लिङ्गेश्वर शिवको पनि अनन्य सम्बन्ध रहेको छ।
    “आ यद् वामीय चक्षसा मित्र वयं च सूरयः। व्यचिष्ठे बहुपाय्ये येते मही स्वराज्ये।।”
    अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ, त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि लागि रहौँ भन्ने ऋग्वेदको भनाइले लोकतन्त्र, राष्ट्रियता र समावेशीतालाई सम्बोधन गर्दछ।

    नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुरूप स्थानीय सरकारले सुशासनका लागि गर्नुपर्ने प्रशिक्षण र जागरण यस क्षेत्रबाट गर्न सकिने हुँदा ग्रामीण स्वराज्यलाई मूर्तरूप दिन सम्भव हुनेछ। भित्री ग्रामीण क्षेत्रहरू उपेक्षितझैँ देखिनुका साथै स्थानीय जनसमुदायहरू सामान्य सुविधाबाट पनि वञ्चित हुनु परेको अवस्थालाई हटाउँदै उन्नतिको अवस्थामा पुर्‍याउन ग्रामीण स्वराज्यले मद्दत पुर्‍याउँछ। नजिकैका पक्की सडक छोएका क्षेत्रहरू विकसित भएका तर आफ्नो क्षेत्रबाट मोटर चढ्न एक घण्टा हिँड्नुपर्ने बाध्यताले हरेक क्षेत्रमा पछाडि पारिरहेको यो स्थानलाई समान स्तरमा पुर्‍याउन घिमिरे बन्धुहरूको प्रयास सबैका लागि अनुकरणीय बन्नेछ। स्थानीय सरकारले निजी क्षेत्रबाट भइरहेको प्रयासलाई प्रोत्साहन दिँदै आफ्ना जनताको असुविधा हटाउन “ग्रामीण स्वराज्य” को मोडेल अगाडि बढाउन आवश्यक देखिन्छ। निम्न कार्यक्रमहरूको सञ्चालन त्यस स्थानबाट गर्दै सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउन सकिन्छ :

    १) स्थानीय सरकार : संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणा।
    २) न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र।
    ३) स्थानीय तह : कार्यसम्पादन तथा सुशासन।
    ४) जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका।
    ५) लोकतन्त्र र संघीयताको संवर्द्धनमा वित्त आयोग।
    ६) संस्कृति, स्वराज्य र समाजवाद।
    ७) सम्पदा र शान्ति।

    उपरोक्त कार्यक्रममार्फत छायामा पर्न गएको उक्त स्थान सम्पूर्ण नगरको प्रशिक्षणको केन्द्र बन्दै ग्रामीण जनजीवन चलायमान बन्न जानेछ। खेतीपाती र पशुपालनमा आश्रित उक्त स्थल धार्मिक पर्यटन, शासकीय ज्ञान र नेतृत्वकलाको आकर्षक स्थल बन्ने देखिन्छ। नजिकै रहेका राममणि सापकोटाका जेठा छोरा दक्षिण कोरियामा काम गरिरहेका, अन्य दुई छोरा मध्ये माइला स्नातकमा र कान्छा छोरा शैलेश आचार्य होटल म्यानेजमेन्ट अध्ययन गरिएको कुराले स्थानीय जनशक्तिको अभाव नरहेको बुझ्न सकिन्छ। होमस्टे सञ्चालन गर्दै स्थानीय परिकार पर्यटकहरूलाई पस्कन सकिने हुँदा स्वरोजगारको वृद्धि हुन सक्ने देखिन्छ। काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय धर्मप्रेमीहरूलाई एकदिवसीय प्याकेज तयार गरी ग्रामीण पर्यटनको आनन्द दिलाउन सकिने हुँदा स्थानीय सरकारले पनि बाटोलगायतका पूर्वाधार निर्माणमा घचघचाउन सकिनेछ।

    ज्योतिर्लिङ्गेश्वरको महत्त्व र वर्णन शास्त्रले गरेकोले यहाँस्थित ज्योतिर्लिङ्गेश्वर मन्दिरले सम्पूर्ण सृष्टिका बारे ज्ञान दिन सक्ने हुँदा ऋषि कश्यपसमेतको जानकारी गराउने स्थल बन्नेछ। भारतका प्रसिद्ध १२ ज्योतिर्लिङ्गहरू भ्रमण गर्न नेपालीहरू पनि प्रशस्त मात्रामा जाने गर्दछन्। सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, ओंकारेश्वर, केदारनाथ, भीमाशंकर, काशी विश्वनाथ, त्र्यम्बकेश्वर, वैद्यनाथ, नागेश्वर, रामेश्वरम्, घृष्णेश्वर १२ ज्योतिर्लिङ्गझैँ ज्योतिर्लिङ्गेश्वर सबै नेपालीहरूको गन्तव्य बन्न सक्नेछ। हिमवत्खण्ड, नेपाल महात्म्यमा वर्णन गरिएको ज्योतिर्लिङ्गको उत्पत्ति नामक अध्याय र नेपालस्थित ज्योतिर्लिङ्गहरूको अध्ययन, अनुसन्धान तथा अनुष्ठानको कार्य यस स्थानमा सम्पन्न गर्न सकिने हुँदा त्यसतर्फ सबैको ध्यान जानुपर्छ।

    सृष्टि र ऋषि परम्पराका विषयमा अध्ययन अनुसन्धान गर्न कश्यप गोत्रीय घिमिरेहरूद्वारा निर्माण गरिएको यो स्थान उपयुक्त हुने देखिन्छ। ऐतिहासिक पनौती शहरको कथा जस्तै सृष्टि रचनामा महत्त्वपूर्ण योगदान रहेको कश्यप ऋषिको अवस्थितिले सृष्टि, ज्ञान र स्वराज्यका लागि महत्त्वपूर्ण बन्नेछ। वेदमा वर्णन गरिएको नासदीय सूक्त, हिरण्यगर्भ सूक्त तथा पुरुष सूक्तको रहस्यबोध गर्दै सृष्टिका विषयमा पुराणहरूमा वर्णित कथाहरूको यथार्थ बोध गराउने स्थल बन्नेछ। सृष्टिकर्ता ब्रह्माजीका मानसपुत्र मरीचीका पुत्र ऋषि कश्यपले दक्ष प्रजापतिका १३ छोरीसँग विवाह गरी देव, दानव र मानवहरूलाई जन्म दिई सृष्टि संरचनालाई अगाडि बढाउनु भएको थियो। अदिति, दिति, दनु, अरिष्टा, सुरसा, इला, मुनि, क्रोधवशा, ताम्रा, सुरभि, सरमा, तिमी, विनता — यी १३ पत्नीबाटै सबै सृष्टि भएकोले ऋषि कश्यप सबैका लागि आदर्श पुरुषका रूपमा सम्मानित हुनुहुन्छ।

    “नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा यत्।
    किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम्।।”
    प्रलयकालमा न सत् थियो न असत्। त्यस समयमा सबैको आवरण के थियो? कहाँ आश्रय थियो? अगाध र गम्भीर जल के थियो? अर्थात् यी सबै अनिश्चित थिए भन्ने वेदको नासदीय सूक्तको प्रलयकालको अवस्थाबाट देव, दानव, मानव लगायत सम्पूर्ण सृष्टि कसरी सम्भव भयो भन्ने रहस्य खोल्ने ऋषि कश्यपको बारे जानकारी कौतूहलकै विषय हो। रुद्रस्वरूप भगवान् ज्योतिर्लिङ्गेश्वर तथा लक्ष्मीस्वरूपा भगवती विन्ध्यवासिनीको साधना गर्ने सिद्ध क्षेत्रका रूपमा विकास गर्न सकिने यस क्षेत्रमा भगवान् शिवको यथोचित पूजन गर्नाले यो क्षेत्र नै जागृत भएर आउनेछ।

    (अन्त्यका समस्त “ॐ यो वै रुद्रः…” मन्त्रहरू मूल भावअनुसार शुद्धरूपमा यथावत् राखिएका छन्।)

    देवताहरूले भगवान् शिवको स्तुति गरेको प्रसङ्गले भगवान् ज्योतिर्लिङ्गेश्वरको यस मन्दिर क्षेत्रको महत्त्व अझ बढेर जानेछ। साथै “ह्रीं महालक्ष्म्यै नमः” श्री विन्ध्यवासिनीको महामन्त्रको साधनाले सबै कुलदेवीका उपासकहरूका लागि दर्शनीय स्थल बन्नेछ। मूर्त र अमूर्त सम्पदाहरूको चर्चा बढ्नुका साथै मुख्य तिथि–पर्वमा हुने धार्मिक आयोजनाहरू सबैको चासोको विषय बन्नेछन्। महाशिवरात्रि, कुलपूजा तथा विशेष पूजाहरू नगरकै महोत्सवका रूपमा अभ्यासमा आउनेछन्। मन्दिरसँगै निर्माण गरिएको सभा हल “द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका” अनुसन्धानको प्रशिक्षण स्थल बनी शान्ति सचिवालयको स्वरूप लिनेछ। ग्रामीण स्वराज्य, सुशासन, समृद्धि र शान्ति प्रतिष्ठानको प्रेरक केन्द्र बन्नेछ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution