


हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ को चिसापानी चोकमा मंगलबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि केहीबेर स्थानीयमा त्रास फैलिएको छ।
बिहानै बजारतर्फ निस्किएका बासिन्दाले चोक नजिकै सडक छेउमा राखिएको शंकास्पद वस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए। स्थानीय राजेश वाग्लेले वस्तु देख्नासाथ प्रहरीलाई जानकारी गराइएको बताए।
खबर पाएलगत्तै नेपाली सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको छ। सुरक्षाकर्मीले क्षेत्र घेराबन्दी गरी सर्वसाधारणको आवतजावत रोक्दै वस्तुको परीक्षण सुरु गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरी निष्क्रिय पार्ने तयारी भइरहेको जनाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |