


रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो दल भोट माग्न नभई कामको जिम्मेवारी लिन सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई ‘सु–नजिक’ प्रदेशका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ‘रास्वपा यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो’ भन्दै जनतासँग कामको सूची दिन आग्रह गरे । ‘काम दिनुस्, भोट नदिए पनि हुन्छ,’ उनले भने, ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ ।’
उनले सुदूरपश्चिमको विकासका लागि स्पष्ट कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै आफ्ना उम्मेदवारलाई कामको प्राथमिकता सूची दिन मतदातासँग आह्वान गरे ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |